के तपाईलाई सेक्सका यि रोचक ब्यूटी वेनिफिट बारे थाहा छ ?

असार ३, काठमाडौ–चन्द्रमा झै धप्प बलेको मुहार, गुलाबको फूल झै गुलाबी ओठ, मृगणी नयन, नागबेली जस्तो चाल, झरना सरि तिमो कपाल जाहा म डुब्न चाहान्छु यि र यस्ता धेरै माया तथा प्रशंसाका शव्दमा बारम्बार कुनै पुरुषले आफनो वर्णन् गरोस भन्ने अधिकांस महिला चाहान्छन । तर, यो कुरा हेक्का गर्न जरुरी छ की सौन्र्दयता स्किन केयर वा कस्मिेटिकले मात्र आउँदैन । त्यो त माया प्रेमले पनि आउने गर्दछ । हो, आफनो पार्टनर संगको माया प्रेमले नै तापाइको दिन भरिको मुहारमा निखार ल्याउदछ । जानि राखौ सेक्सका अनेक ब्यूटि बेनिफिटसहरु ।

स्किन र कपालको लागि फाईदाजनक

जर्नल अफ सेक्सुवलमा छपिएको रिर्पोट अनुसार अर्गेनिज्मको कारण हाम्रो शरीरकमा एस्ट्रोजनको लेवल बड्ने गर्दछ । जसको कारण हाम्रो स्किन र कपाल हेल्दी हुन्छ । एस्ट्रोजनको कारण स्किन मोस्श्रोराइज्ड र रिङ्कल फ्रि रहने गर्दछ । यसले स्किनको कोलाजन लेवल पनि ब्यालेन्स गर्ने हुँदा स्किन सफ्ट र स्मुद रहिरहिने गर्दछ ।

मुहामा लाउँछ ग्लो

सेक्सको कारण हर्ट रेट र रगतको फ्लो बढ्छ । जसको कारण शरीरमा अक्सिजनको मात्रा पनि बड्छ र त्यो अक्सिजन शरीरमा राम्रो संचार भई अनुहारमा ग्लो ल्याउने काम गर्दछ ।

जवान र सफा मुहार

३००० महिला र पुरुषमा गरिएको एक स्टडीमा यो कुरा अगाडि आएको छ कि जसले हप्तामा ३ पटक सम्म सेम्सुवल रिलेसन राख्दछन् त्यो व्यक्ति ७ देखि १२ बर्षसम्म जवान देखिने गर्दछन् ।

अर्गैनिज्म, जसले तपाईको मूड सकृय बनाउछ  । 

अर्गैनिज्मले शरीरमा सेराटोनिन र डिएचईएको श्राव हुन्छ । सेराटोनिन एउटा न्यूरोट्रास्ंमीटर हो । जसले तपाँईलाई खुशि र भरपुर जोश प्रदान गर्छ । यसले तपाईको रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्दछ ।

सेक्सको कारण तपाई आनन्दको महसुस गर्नुहुन्छ ।

अर्गैनिज्मको कारण शरिरमा फिल गुड हार्माेन्स डोपामाइन अक्सिटसिनको श्राव हुन्छ । अक्सिटसिनले तपाईलाई रिलेक्स गर्दछ । जसले तापाई आफूप्रति मात्र नभई अरु प्रति पनि राम्रोे महसुस हुन्छ ।

आत्मविश्वास बढाउँछ । 

तपाईलाई यो आश्चर्य हुन सक्छ कि सेक्स र मेडिटेसनले ब्रेनको एउटै हिस्समा प्रभाति गर्ने गर्दछ । मेडिटेसनले जुन हाम्रो मन मष्तिकमा प्रभाव पार्दछ । त्यहि प्रभाव सेक्सले पनि पार्ने गर्दछ । तसर्थ यसले तपाईमा आत्मविश्वास बढाउँछ र आन्तरिक शक्तिको अनुभव गराइ तपाईका विभिन्न समस्याको सहज समाधान गर्ने क्षमताको वृद्धि हुन्छ । एजेन्सिको सहयोगमा