भारत–चीन सीमामा भएको हिंसात्मक झडपमा तीन भारतीय सैनिकको मृत्यु

असार २, काठमाडौ – भारत र चीनको सीमा क्षेत्र लद्दाखको गलवान भ्यालीमा हिसंत्मक झडप भएको छ । सोमबार राति भएको उक्त संर्घषमा तीनजना भारतीय सैनिकको मृत्यु भएको छ ।

भारतीय सेनाका एक अधिकृत र दुईजना जवानको मृत्यु भएको भारतीय सैनिक मुख्यालयले जनाएको छ । बेइजिङले भने आफ्नो पक्षमा भएको क्षतिको पुष्टि गरेको छैन। दुई देशबीच कूटनीतिक र सैन्य अधिकारीहरूको स्तरमा वार्ता भइरहेका वेला झडप भएको छ।

भारत र चीन दुवैले एक–अर्काको सीमामा एक–अर्काका सैनिक प्रवेश गरेका कारण झडपको आरोप लगाएका छन् । भारत सेनाले दुवै पक्षका वरिष्ठ सैन्य अधिकारीहरू स्थिति सामान्य बनाउन वार्तामा रहेको बताउँदै दुवैतर्फ सैनिकको मृत्यु भएको जनाएको छ।

चीनले भारतलाई तनाव बढ्ने गरी एकपक्षीय रूपमा कुनै काम नगर्न आह्वान गरेको समाचारसंस्था रोएटर्सले जनाएको छ।

अरुणाचलस्थित सीमा क्षेत्रमा भारतीय र चिनियाँ सैनिकबीच सन् १९७५ मा झडप भएको थियो । झडपमा ४५ जना भारतीय सैनिकको मृत्यु भएको थियो भने चिनियाँ सैनिकहरू पनि घाइते भएका थिए । त्यसयता सीमा क्षेत्रमा सामान्य झडप भए पनि मृत्यु भएको थिएन । एजेन्सी