चन्द्रागिरि नगरपालिका भन्छ- सामाजिक दूरी कायम गरी पेशा व्यवसाय सञ्चालन गर्नु ।

असर २, काठमाडौ -चन्द्रागिरि नगरपालिकाले सामाजिक दूरी कायम गरी आफ्नो पेशा व्यवसाय सञ्चालन गर्नुपर्ने बताएको छ । नगरपालिकाका प्रमुख घनश्याम गिरीको अध्यक्षतामा सोमबार बसेको सुरक्षा निकायसहित ६ वटै विषयगत समितिको बैठकले स्वास्थ्य मापदण्ड अपनाएर पेशा, व्यापार, व्यवसाय र कार्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

नगरपालिकाकाको निर्णयमा असार १ देखि सामाजिक, भौतिक दूरी र स्वास्थ्य मापदण्ड पालना गरेर पेशा व्यवसायलगायत आवश्यक कार्यालय खोल्ने सरकारको निर्णयअनुसार सोही निार्णयलाई पालना गर्नुपर्ने बताइएको छ ।

चन्द्रागिरिले कोरोना सङ्क्रमणको जोखिम पालना नगरे जुनसुकै बेला सूचना जारी गरी उपयुक्त कदम चाल्न सक्ने जनाएको छ । चन्द्रागिरी नगरपालिका काठमाडौँ उपत्यका भित्रिने मुख्य प्रवेशद्धारमा रहेको नगरपालिकासमेत भएकाले जोखिम बढ्नसक्ने भन्दै विशेष सावधानी अपनाउन सबैलाई आग्रह गरिएको छ ।