उत्तम केसीको गीत ‘नझुकुन् हाम्रा शीरहरु’ सार्वजनिक

असार २, काठमाडौं –हाँस्य कलाकार उत्तम केसी गीतकारका रुपमा स्रोता दर्शकमाझ आएका छन् ।

उनको राष्ट्रिय गीत ‘नझुकुन हाम्रा शीरहरु’ सार्वजनिक भएको छ । सीडी विजय अधिकारी र मनिषा राईको स्वर, सीडी विजयको सङ्गीत, राजु कार्कीको एरेञ्ज र रेकडिस्ट सुरेश राई रहेको राष्ट्रिय गीत ‘नझुकुन हाम्रा शीरहरु’को भिडियो सार्वजनिक भएको हो ।

भिडियोमा रवीन्द्र खडका, मोहन निरौला, उत्तम केसी, लक्ष्मण वस्नेत, दमन रुपाखेती लगातका कलकारको अभिनय रहेको छ ।

भिडियोमा जीवन शाहीको निर्देशन र छिरिङ लामाको कोरियोग्राफ रहेको छ ।  ज्ञानकुमार कट्टेलको प्रोडक्सन, शाही राम पिक्चर्सको उत्पादन वितरण रहेको गीतको भिडियोमा जनक अधिकारीको छायाँकन र नवीन निरौलाको सम्पादन रहेको छ ।