दूधको मूल्य बृद्धिले कृषक उत्साहित

असार १,काठमाडौँ – दूधको मूल्य बृद्धि गरेपछि पाल्पा रामपुरका कृषक उत्साहित भएका छन् । कृषकको लगानी र मेहनतलाई मध्यनजर गर्दै सीताकुण्ड दुग्ध उत्पादक सहकारी संस्थाले दूध र दुग्धजन्य पदार्थको मूल्य बृद्धि गरेपछि पशुपालन व्यावसायमा कृषक हौसिएका छन् । भैंसीपालन व्यावसायमा आबद्ध रामपुर नगरपालिका–५ सानीअमराईका किसान व्यावसाय बढाउने सोँच भएको छ । अडियो रिपोर्ट, दिवा सेवा, सुशीला रेग्मी । रासस