‘द पायनियर अवार्ड २०२०’ मा एजुकेशन पार्क दोस्रो पटक मनोनित

जेठ ३२, काठमाडौं– नेपालको शैक्षिक परामर्श सेवाप्रदायक कम्पनी एजुकेशन पार्क अन्तराष्ट्रिय सम्मान ‘द पायनियर अवार्ड २०२०’ मा मनोनित भएको छ । शिक्षा क्षेत्रको ओस्कार मानिने यस अवार्डबाट पार्क दोस्रो पटक सम्मानित भएको हो । शैक्षिक क्षेत्रमा उत्कृष्ट गतिबिधि सञ्चालन गरेको आधारमा पार्क यस अवार्डका लागि मनोनित भएको हो ।

अन्तराष्ट्रिय शिक्षा क्षेत्रमा रहेका प्रोफेसनलहरुको विश्वव्यापी समुदायलाई एकै परिधिमा बाध्ने उदेश्यले स्थापित ‘द पाई’ नामक एक स्वतन्त्र कम्पनीले २०७० साल देखि द–पाई न्यूज, द–पाई रिभ्यू, द–पाई जब्स जस्ता कार्यक्रमहरु सञ्चालन गदैै आइरहेको छ । १८ वटा विधा रहेको यस वर्षको समारोहमा उत्कृष्ट शैक्षिक परामर्शदाताको विधामा नेपालको एजुकेशनपार्क संगै विभिन्न मुलुकका अन्य ७ वटा संस्थाहरु मनोनयनमा परेका छन् ।

लामो समयदेखि काठमाण्डौको सुन्धरा स्थित सिभिल मलमा रहेको पार्कले भाषा कक्षा तथा शैक्षिक परामर्श दिदै आएको छ । शिक्षाका लागि विश्वमै उत्कृष्ट मानिने अष्ट्रेलिया, बेलायत, अमेरिका, क्यानडा तथा न्यूजिल्याण्ड लगायतका शैक्षिक गन्तव्यहरुका लागि यसले परामर्श दिने गरेको छ ।

यस अवार्डका लागि लगातार मनोनित हुनुमा शैक्षिक परामर्शदाता संस्थाहरुको उपलब्धि रहेको पार्कका प्रबन्ध निर्देशक बिराज पाण्डेले बताए । ‘उनले भने ‘ यस अवार्डका लागि दोस्रो पटक मनोनित हुनुमा कार्य क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको संकेत गर्दछ ।’ त्यस्तै उनले आफुहरुको प्रयासलाई सम्मान गरेकोमा कम्पनी प्रति आभार प्रकट गरे । उनले भने‘ हामी संस्थागत रुपमा अन्तराष्ट्रिय शिक्षा परामर्श क्षेत्रमा छु्ट्टै पहिचान बनाउन प्रतिबद्ध छौ, हाम्रो यो प्रयासलाई कम्पनीले सम्मान दिइएकोमा आभर प्रकट गर्दछु । ’ यस वर्षको अवार्ड समारोह सेप्टेम्बर ११ मा लण्डनको गिल्ड हलमा सम्पन्न हुनेछ ।