बलिउड अभिनेता सुशान्त सिंहले गरे आत्महत्या

जेठ ३२, काठमाडौ – पवित्र रिश्ता नामक टेलिभिजन शिरियलबाट चर्चामा आएका बलिउड अभिनेता सुशान्त सिंह राजपूतले आत्महत्या गरेका छन् ।

३३ बर्षिय उनले मुम्बईको बान्द्रमा रहेको आफ्नै घरमा आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

टेलिभिजनबाट अभिनय यात्रा सुरु गरेका उनले पछिल्ला वर्षहरुमा बलिउडमा चलचित्रमा काम गरेका थिए ।

शुद्ध देसी रोमान्स, डिटेक्टिभ ब्योमकेश बक्शी, एमएस धोनी पो चे, छिछोरे, केदारनाथ जस्ता चलचित्रमा काम गरेका थिए ।

आत्महत्याको कारण खुलेको छैन । एजेन्सी