सरिता गिरीको संशोधन प्रस्ताव अस्वीकृत

जेठ ३१, काठमाडौं – सभामुख अग्नि सापकोटले संविधान संशोधन विधेयकमाथि समाजवादी जनता पार्टीका सांसद सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्ताव अस्वीकृत गरेका छन्। सभामुख सापकोटाले गिरीको संशोधन अस्वीकृत गरे लगत्तै मूल विधेयकमात्र पेस हुनेगरी कार्यसूची प्रकाशन भएको छ।

संसद सचिवालय स्रोतका अनुसार सभामुखले संशोधन सूचना अस्वीकृत गरेपछि कार्यसूची प्रकाशन भएको हो।

विधेयक मंगलबार सैद्धान्तिक छलफलपछि संशोधन दर्ताका लागि अनुमोदन भएको थियो। विधेयक अनुमोदन भएपछि शुक्रबारसम्म संशोधन प्रस्ताव दर्ताको समय थियो। जसमा गिरीको एकमात्र संशोधन दर्ता भएको छ। गिरीले आवश्यक प्रमाणबिना नै नक्सा जारी गरेको भन्दै उक्त संशोधन हटाउन माग गरेकी हुन्।

उक्त संशोधन स्वीकारयोग्य नभएको भन्दै सभामुखले प्रमाणित नगरेका हुन्। पूरै दफा खारेजीको माग भएको तर विकल्प समेत प्रस्तुत नभएको, संविधानको आधार सिद्धान्त विपरीत रहेको भन्दै संशोधन प्रमाणित नभएको हो।ब