चस्मा सफा गर्ने केहि उपाय

जेठ ३१, काठमाडौं – चस्मा लगाउने ब्यत्तिहरुले चस्मालाई उचित तरिकाले हेरचाह गर्नुपर्ने हुन्छ । राम्ररी हेरचाह नगरेमा चश्मा छिट्टै बिग्रिने, कोरिने, फुट्ने गर्छ । चस्माको राम्रो हेरचाह गर्दा चश्माको कार्यकाल बढाउन सकिन्छ । कसरी गर्ने त चस्माको हेरचाह ? चस्माको हेरचाह गर्ने उपायहरु निम्न अनुशार छन् ।

-चश्मा निकालेर टेबल वा साह्रो सतहमा राख्दा लेन्सले भुइँ छुने गरी होइन टेम्पलले टेबलमा छुने गर राख्नु पर्दछ । लेन्सतिर फर्काएर राख्दा लेन्स घोटिन्छ र लगाउँदा धमिलो देखिन्छ ।

-लामो समयसम्म चश्मा खोल्नु परेमा चश्माको खोल वा बट्टामा राख्ने गर्नुपर्दछ ।

-चश्मा सफा गर्दा चश्मा पुछ्न प्रयोग गरिने माइक्रोफाइबर रुमाल प्रयोग गर्नु उपयुक्त हुन्छ । नत्र अन्य खस्रा कपडाले पुछ्दा राम्रो सफा नहुने, वा चश्मा कोरिने हुनसक्छ ।

-चश्मा सफा गर्न नरम साबुन वा हल्का तातो पानी प्रयोग गर्न सकिन्छ ।

-प्राय लेन्स वा फ्रेमहरू ८० डिग्री फरेन्हाइटभन्दा बढीको तापक्रमले बिग्रिने हुन्छ । तसर्थ उच्च तापमान वा तापक्रम तल माथि भइरहने ठाउँबाट सकभर चश्मालाई जोगाउँ ।

-सिसाको लेन्स छ भने सानातिना ठक्करले पनि लेन्स चर्किन सक्ने भएकाल खोल्दा विशेष जतन गर्नुपर्दछ ।