कुवेतबाट १५० नेपाली महिला आइपुगे काठमाडौं

जेठ २९, काठमाडौं – कुबेतबाट पहिलो प्mलाइटमा १५० जना नेपाली महिला स्वदेश फर्किएका छन् ।

भर्खर फर्केकालाई नेपाली सेनाको टोलीले राजधानीस्थित विभिन्न होल्डिङ सेन्टरमा लगिँदैछन् । जहाँ  उनिहरुको व्यक्तिगत विवरण सङ्कलन गरेपछि उहाँहरूको चाहना अनुसार होम, होटल र सरकारी क्वारेन्टाइनमा पठाइने जनाइएको छ ।

कुवेतबाट फर्कन चाहेका सात हजार ९९१ मध्ये दुई हजार ९९१ जनाले फर्कने अनुमति प्राप्त गरेका छन् । जस अनुसार पहिलो चरणमा तीन सय जना नेपाली बिहीबार फर्कने तय भएको हो ।