यौन जीवन कसरी सफल बनाउने ?

जेठ २८, एजेन्सी –  यौनलाई मानव जीवनको आवश्यकता मानिन्छ । यद्यपी यौन जीवनलाई हाम्रो सामाजमा खुल्ला छैन ।  यौनसुख सबैले समान रुपमा भोग गरिरहेका हुँदैनन् । कतिपयको यौन जीवन दुखदायी हुन्छ, कसैको रोमाञ्चक । तर यौन जीवनलाई कसरी सफल बनाउने भन्ने बिषयमा यहा चर्चा गरिएको छ

–यौनसम्पर्कका बेला हरेक कुरालाई गम्भीर रूपले लिनु हुँदैन । अन्तरंग पलहरूलाई सधै ख्यालठट्टाको रूपमा लिनु उचित हुन्छ ।
–सम्भोगका बेला एक–अर्कामा शारीरिक एवं मानसिक रूपले बढी भन्दा बढी नजिक हुने प्रयास गर्नुहोस् ।

–सम्भोगका विषयमा तपाईं वा जोडीको मनमा केही शंका भएमा पहिले त्यसलाई हटाएर मात्र सम्भोगको सिलसिला अघि बढाउनुपर्छ ।
–सम्भोगका दौरान जोडीको सन्तुष्टिको ख्याल गर्नुहोस् ।

–यौनजीवनको पर्याप्त आनन्द लिनका लागि तपाईं शारीरिक रूपमा तन्दुरुस्त हुनु आवश्यक छ । त्यसैले सधैं व्यायाम र सन्तुलित भोजन ग्रहण गरी तन्दुरुस्त रहनु राम्रो मानिन्छ ।

–सम्भोगलाई निरन्तरता दिनुहोस् । सम्भोगमा धेरै अन्तराल राख्नु राम्रो होइन ।

–सम्भोगका बेला आफ्नो जोडीको प्रशंसा गर्न नभुल्नुहोला ।