नेपालमा थप २७९ जनामा कोरोना संक्रमण, नेपालमा कोरोना सक्रमितको सं‌ख्या ४३६४ पुग्यो

जेठ २८, काठमाडौं – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार थप २ सय ७९ जनामा कोरोना संक्रमण भएको छ । यो संगै नेपालमा संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ ।

यि मध्ये २५७ जना पुरुष र २२ जना महिला रहेका मन्त्रायले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दैनिक अपडेटमा वातए अनुसार कोरोना भाइरस संक्रमण निको हुनेको संख्या ६ सय ७४ पुगेको छ ।यसैगरि २४ घण्टामा निको हुनेको संख्या ९० पुगेको छ।