…तर, प्रकृति फुलिरहन्छीन्

जेठ २७, बांके –सहर सुनसान छ । सडकहरु मौन छन् । मान्छेहरु जीवन जिउने कला सिक्दै छन् । कोरोनाले मानव सभ्यताको जिउने तरिका नै बदलिदिएको छ । मुखमा माक्स लगाएर हास्नु पर्ने समय आएको छ । तर, प्रकृति उन्मुक्त छिन् । उनलाई केहि बन्देज छैन । खुल्ला रुपले मुस्कुराइरहन्छीन् । फुलिरहन्छीन् ।

बाटोभरी सडकमा फूल ढकमक्क छन् । उनीहरुको सौन्र्दय नियाल्ने मानव बाटोमा बिरलै भेटिन्छन् । यद्यपी प्रकृति  हास्न छाडेकी भने छैनन । बांकेको नेपालगन्ज—कोहलपुर जाने मुल सडकमा सल्यानी फूल ढकमक्क छन् ।

त्यस्तै, जानकी गाउपालिकामा पर्ने जोगाउस्थित सयौ वर्ष पुरानो पोखरीमा कमलका फूल सदियौं देखि फुलिरहेका छन् । अरु बेला यस पोखरीमा फूल टिप्न आउनेहरुको घुइचो लाग्थ्यो । अहिले कोरोना महामारी बढे संगै पोखरीमा मान्छे आउदैनन ।

त्यसैले कमल कोपीलादेखि फक्रिने बेला सम्म फुल्न पाएका छन् । यहाका स्थानीय भन्छन्, ‘बन्दले गर्दा कमल पुरै फुल्न पाएका हुन् । नभए अहिले सम्म चुडिइसक्थे ।’