आज थपिए ३२३ जना कोरोना संक्रमित, संक्रमितको संख्या ४ हजार ८५ पुग्यो

जेठ २७, काठमाडौं – नेपालमा आज थप ३२३ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ३२३ जना संक्रमित थपिएको नियमित प्रेस बिफ्रिङका क्रममा जानकारी दिए ।

उनीहरु मध्ये २९२ जना पुरुष र ३१ जना महिला रहका छन् ।

यो सँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४ हजार ८५ पुगेको छ ।