‘लिपुलेक हाम्रो हैन भन्ने सांसदलाई किन कारवाही हुँदैन’

जेठ २७, काठमाडौ-  राष्ट्रियसभाका सांसदले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि शुरु गरिएको बन्दाबन्दीका समयमा गर्भवती र सुत्केरीले भोग्नुपरेको समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

सभाको मंगलवारको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० की दीपा गुरुङले लामो समयसम्म बन्दाबन्दी हुँदा गर्भवती र सुत्केरीले समयमै उपचार नपाएर अकालमा ज्यान गुमाउनुपरेको बताउँदै उनीहरुको उपचारमा प्राथमिकता दिन सरकारलाई आग्रह गरिन ।

सुत्केरी महिलालाई कम्तीमा ६ महिनासम्म राम्रो खाना, बस्न र आरामको आवश्यकता पर्ने वताउदै त्रास वोकेर वसेका उनिहरुलाई कम्तीमा समयमै उपचारको व्यवस्था गर्न सांसद गुरुङले माग गरेकी छिन ।

अर्का सांसद नन्दा चपाईँले भनिन, “नेपालको सदनमा हिन्दी भाषा बोलिन्छ, सदनमा हिन्दी भाषा बोल्ने काम संविधानको कुन प्रावधान, कुन धारा र कुन भागमा छ, यो जान्न चाहन्छु, लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्शामा छैन, हाम्रो हैन भन्ने सांसदलाई कारवाही किन हुँदैन, त्यस्तो बोल्ने सांसदलाई यथाशीघ्र कारवाही हुनुपर्छ ।”

सोही क्रमामा नैनकला ओझाले नेपाल जस्तो कृषिप्रधान देशमा कृषकले उत्पादन गरेको फलफूल र तरकारीको उचित बजारको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराइन ।