आज थपिए ३१४ जना कोरोना संक्रमित, संक्रमित हुनेको संख्या ३ हजार ७ सय ६२

जेठ २६, काठमाडौं –  नेपालमा आज थप ३१४ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रवत्ताडा. जागेश्वर गौतमले बिभिन्न प्रयोगशालामा गरिएको परिक्षणको आधारमा उनिहरुमा संक्रमण पुष्टि भएको हो ।

पुष्टि हुनेहरुमा २९४ जना पुरुष र २० जना महिला रहेको उनले बताए । नेपालमा हालसम्म संक्रमित हुनेको संख्या ३ हजार ७ सय ६२ पुगेको छ ।