रुकुम घटनालाई गीतमा उतारे सुदीपले

जेठ २६, काठमाडौं – जातीय विभेदका कारण रुकुमको सोतीमा घटेको घटनालाई निर्देशक सुदीप बबी भूपाल सिंहले म्युजिक भिडियो तयार पारेका छन् । सिंहले ‘के भयो लौन भेरीमा’ बोलको गीत सार्वजनिक गरेका छन् ।

गीतमा सुमिरन राणाको स्वर रहेको छ भने भूपालको लेखन, कम्पोज र निर्देशन रहेको छ । गीतको एरेञ्ज, मिक्सड् र मास्टटर्ड राजन ईशानले गरेका हुन् । गीत सुबिन पैल्कको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

हाललाई  को लिरिकल भिडियो हेर्न सकिन्छ ।

गत जेठ १० गते जाजरकोटका नवराज बिकले अन्तरजातिय बिबाह गर्ने क्रममा रुकुममा  छ जनाले ज्यान गुमाएका थिए ।