प्राथमिकताका आधारमा लकडाउन खुकुलो बनाइने

जेठ २६, काठमाडौं – गत चैत ११ गतेदेखि देशब्यापी रुपमा लागु भएको लकडाउन खुकुलो हुदै गएको छ । मानिसहरुको चहलपहल बढेको छ । ब्यबसायहरु प्नि सञ्चालनमा आउन थालेका छन् । वित्तीय संस्थाहरु खुल्न थालिसकेका छन् । बैंकहरुमा भींड हुनथालेको छ । सरकार लकडाउन खुकुलो पार्दै जाने टुंगोमा पुगिसकेको छ ।

कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले विभिन्न चरणमा लकडाउन खुकुलो पार्ने नीति लागु गरेको छ । समितिले प्राथमिकताका आधारमा लकडाउन खुकुलो बनाउदैं लैजाने बताएको छ ।

लकडाउन खुकुलो पार्ने पहिलो चरणको छलफल, कृषि र निर्माणसम्बन्धी उद्दोग कलकारखाना र व्यवसाय सञ्चालन प्राथमिकतामा राखिएको छ ।

असारभित्र भौतिक पूर्वाधार निर्माण शुरु गर्ने तयारी भएको छ । सडकलगायत पूर्वाधार निर्माण थाती रहेकाले असारमा धमाधम शुरु गर्ने तयारी भएको हो । असारबाट बैंकिङ क्षेत्र पुरै खोल्ने तयारी भएको छ । अन्तमा मात्र शैक्षिक संस्थ र मनोरञ्जनस्थलहरु खुल्नेछन् ।