मृत्यु भएकाको कोरोना रिपोर्ट नेगेटिभ

जेठ २४, काठमाडौं – भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएका माडीका युवाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार माडी नगरपालिका वडा नं ६ का २७ वर्षीय युवाको नतिजा नेगेटिभ आएको हो ।

माडीको क्वारेन्टिनमा रहेको समयमा ज्वरो आएसँगै उनलाई शुक्रबार भरतपुर अस्पतालमा ल्याइएको थियो । अस्पतालमा उपचारका क्रममा उनको आज बिहान मृत्यु भएको हो । मृत्यु भएपछि कोरोना परीक्षणका लागि स्वाब भरतपुर कोभिड– १९ प्रयोगशाला पठाइएको थियो । यही जेठ १३ गते भारतबाट उपचार गरि फर्किएका उनी नगरपालिकाको दीवाकर स्मृति विद्यालयको क्वारेन्टिनमा रहेका थिए ।रासस