आज ३२ जनाले कोभिड–१९ जिते

जेठ २४, काठमाडौँ – कोभिड– १९ लाई अहिलेसम्म ३६५ जनाले जितेका छन् । सङ्क्रमित बढेसँगै दैनिक कोभिड– १९ बाट निको भएर घर फर्कनेका सङ्ख्या पनि वृद्धि हँुदै गएको छ ।

अहिलेसम्म ७० जिल्लामा तीन हजार २३५ सङ्क्रमित पृष्टि भएका छन् । शुक्रबार एकै दिन ४३ जनाले सङ्क्रमण जितेर घर फर्किका थिए भने आजै मात्र ३२ जनाले जितेर घर गएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा देaराला प्रखर क्यान्सर अस्पतालका दुई महिला र दुई पुरुष डिस्चार्ज भएका छन् । उनिहरु बाँके र गुल्मीका हुन् । २३ देखि ३५ वर्ष उमेर समूहका उनिहरु १५आँै दिनदेखि १७आँै दिनमा डिस्चार्ज भएका हुन् ।

सेती प्रादेशिक अस्पतालबाट बैतडी र अछामका पाँच रहेका छन् । तीमध्ये एक महिला छन् । ११ वर्षदेखि ३८ वर्ष उमेर समूहका ११आँै देखि १४आँै दिनमा डिस्चार्ज भएका हुन् । यसैगरी सुर्खेत अस्पतालमा रहेका सात जना पनि आजै डिस्चार्ज भएका छन् । सुर्खेतका छ जना १६ देखि ३६ वर्ष उमेर समूहका पुरुष र एक मुगुकी ३५ वर्षीया महिला छन् । पिसिआर विधिबाट ९२ हजार ४७७ र आरडिटीबाट एक लाख ३७ हजार ४३५ व्यक्तिको परीक्षण गरिएको छ ।