जिवेश र बेनिशाको ‘फूलबुट्टे चोली’ सार्वजनिक(भिडियो)

जेठ २४, काठमाडौं – जिवेशसिंह गुरुङ र बेनिशा पौडेलको स्वर रहेको गीत ‘फूलबुट्टे चोली’ सार्वजनिक भएको छ ।

‘गज्जब क्रू’ टिमको तेस्रो प्रस्तुति यस गीतमा महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीमप्रसाद ढकालको शब्द रहेको छ ।

दीपक शर्माको सङ्गीत, साहस शाक्यको एरेन्ज, श्यामश्वैत रसाइलीको मिक्सिङ रहेको छ भने यस भिडियोलाई सहिन प्रजापतिले निर्देशन गरेका छन् ।

गीतको भिडियोमा कलाकारहरू सहिन प्रजापति, कुशल विष्ट, जिवेशसिंह गुरुङ, सुनिशा बजगाईँको बेजोड अभिनय रहेको छ ।

नवराज उप्रेतीको छायाङ्कन रहेको भिडियोलाई अर्जुन पोख्रेलले सम्पादन गरेका हुन् ।