जनकपुरमा पेस्तोल र गोली सहित एक पक्राउ

जेठ २०, धनुषा – जनकपुरमा पेस्तोल र गोली सहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरी लोहरपट्टी नगरपालिका(८ भम्रपुरा बस्ने डि.के.भन्ने २० वर्षीय अजिजुल राई रहेको प्रहरीले बताएको छ ।

प्रहरीले अटोमेटिक पेस्तोल १ थान, म्यागजिन ३ थान, गोली ५ राउण्ड र चक्कु १ थान सहित राइलाई पक्राउ गरेको हो ।

यसमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।