क्वारेन्टिनबाट घर फर्किदै गर्दा बाटोमै मृत्यु

जेठ २०, स्याङ्जा– फेदीखोला गाउँपालिका स्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टिनबाट घर जाँदै गरेका एक व्यक्तिको बाटोमै मृत्यु भएको छ ।

यही जेठ १३ गते भारतबाट सुनौली नाका हुँदै स्याङ्जा आउनु भएका फेदीखोला गाउँपालिका–२ का ५० वर्षीय खड्कबहादुर कार्की १४ गतेदेखि गाउँपालिकाको क्वारेन्टिनमा बस्दै आएका थिए ।

गत शुक्रबार लिइएको स्वाब परीक्षणमा रिपोट नेगेटिभ आएपछि अन्य दुईृ जनासँगै आइतबार घर जाँदै  गरेका कार्की अचानक बाटोमै बेहोस भएका कार्कीलाई रातिनै गाउँपालिकाको सवारी साधनमा गण्डकी प्रदेश अस्पताल पोखरा पु¥याइएकामा उपचारका क्रममा राति मृत्यु भएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए ।

मृत्युपश्चात आज पुनः स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाले जनाएको छ । पारिवारिक स्रोतका अनुसार कार्की उच्चरक्तचाप र मुटुको बिरामी भएको बुझिएको छ । रासस