संखुवासभामा पनि भेटिए कोरोना संक्रमित, आज १८९ जनामा कोरोना पुष्टि

जेठ १७, काठमाडौं – नेपालमा थप आज १८९ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा संक्रमितको संख्या १ हजार ४ सय पुगेको छ ।

हालसम्म संक्रमित मध्ये २१९  जना निको भएर घर फर्किएका छन् भने ६   जनाको मुत्यु भएको छ ।