आगामी वर्ष देशभर नै फोरजी विस्तार गरिने

 

जेठ १६, काठमाडौ – सरकारले आगामी आर्थिक वर्ष २०७७र०७८ मा पनि देशभर फोरजी विस्तार गरिने लक्ष्य लिएको छ ।

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७७र०७८ को बजेट मार्फत फोरजी विस्तारलाई निरन्तरता दिने बताएका हुन्।

२०७३ पुस १७ देखि पोखरा र काठमाडौंबाट फोरजी सेवा सुरु गरेको टेलिकमले अहिले ७७ वटै जिल्लामा फोरजी सेवा र्पुयाइसकेको छ ।

टेलिकमले २०७३ पुस १७ मा पोखरा र काठमाडौं उपत्यकामा फोरजी सेवा सुरु गरेको थियो।

सोही आयोजनालाई दीर्घकालीन कार्ययोजनाअन्र्तगत नेपाल टेलिकममार्फत् देशभरका ६५ लाख ग्राहकमा फोरजी विस्तार गर्ने प्रक्रिया झन्डै दुई वर्ष अगाडिदेखि नै सुरु भएको थियो।

अहिले नेपाल टेलिकमले देशभरी फोरजी विस्तार गरिरहेको छ। ७७ जिल्ला सदरमुकाम र सहरी क्षेत्रमा टेलिकमको फोरजी सेवा सुरु भइसकेको छ।