टिभी कलाकार र प्राविधिकलाई अक्षयको ४५ लाख सहयोग

जेठ १६, एजेन्सी –  बलिउड अभिनेता अक्षय कुमारले टिभी कलाकार र प्राविधिकलाई ४५ लाख सहयोग गरेका छन् ।

मार्चदेखि प्रभावित छायाङ्कन एवं अन्य कामका कारण ती कलाकार, प्राविधिक एवं अन्य टिभी मजदुरहरूको दैनिकीमा समेत असर देखिएपछि उनले यो सहयोग गरेका हुन् ।

उनले प्रभावित १,५०० कलाकार र प्राविधिकको अकाउन्टमा ३००० रुपैयाँ ट्रान्स्फर गरिदिएको बताइएको छ ।

अक्षयले यस अघि पनि प्रधानमन्त्री राहत कोषमा २५ करोड रुपैयाँ सहयोग गरेका थिए ।