भुवन चन्दको चलचित्र ‘साइनो’ युट्युबमा सार्वजनिक

जेठ १५, काठमाडौं–नेपालकी प्रथम अभिनेत्री भुवन चन्द थापाले निर्माण गरेको चलचित्र ‘साइनो’ युट्युबमा सार्वजनिक भएको छ ।

रमेश थापाले निर्देशन गरेको चलचित्र मङ्गलवार युट्युबमा सार्वजनिक गरिएको हो ।

चलचित्रमा राजकुमार, मिरुना मगर, नीता ढुङ्गाना, भुवन थापा चन्द, वसुन्धरा भुसाल, मदनदास श्रेष्ठ, रोयदीप श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।

चन्द्र विनायक फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता शरण थापा हुन् ।