बागलुङमा ६ जना भेटिए कोरोनाका नयाँ संक्रमित

जेठ १४, काठमाडौं – नेपालमा थप ६ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् ।  पछिल्लो पटक देखिएका ६ जना बागलुङ जिल्लाका हुन् ।

गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालय पोखराले यसको पुष्टि गरेको हो।

स्वास्थ्य निर्देशनालयका निर्देशक डा. बिनोद बिन्दु शर्माले आज एक प्रेस विज्ञप्ति जारी गरी यसको जानकारी दिएका हुन् ।

समाचार अनुसार नयाँ संक्रमित बागलुङको बढीगाड गाउँपालिकाका १९ र २० वर्षका दुई र बागलुङकै तमनखोला गाउँपालिकाका २१, २७, २७ र २१ वर्षका चार युवा छन् ।

उनीहरु सबैलाई सदरमुकामस्थित सरकारी अस्पताल ल्याउने तयारी भइरहेको विज्ञप्तीमा उल्लेख छ ।