आज थपिए ९० जना कोरोना संक्रमीत, संक्रमितको संख्या ७७२ पुग्यो

जेठ १३, काठमाडौं – नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ सय ७२ पुगेको छ ।

आज थप ९० जना ब्यत्तिमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवत्ता डा विकास देवकोटाले जानकारी दिएका छन् ।

देवकोटाका अनुसार नयां संक्रमित हुनेहरुमा हुनेहरुमा कपिलवस्तुका २६, रौतहटका २२, सुर्खेतका १२ जनासहित विभिन्न जिल्लाका ९० जना रहेका छन् ।

हालसम्म संक्रमण पुष्टि भएकाहरुमध्ये १५५ जना निको भएका छन् ।