कोरोना सङ्क्रमण देखिए पछि टोखा क्षेत्र सिल

जेठ १३, काठमाडौ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएसगै उक्त क्षेत्र सिल गरिएको छ ।

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखा नगरपालिका वडा नं ३ टोखा बजार जाने उकालो नजिक र वडा नं ६ को धनेश्वरबाट ढलमलटार जाने बाटोमा भाडामा बस्ने दुई पुरुषमा कोरोना सङ्क्रमण देखिएको टोखा नगरपालिकाका प्रमुख प्रकास अधिकारीले इमेलखवर डट कमलाई वताए । उनले थप अरुलाई सुरक्षित गराउन र थप परिक्षणका लागि उक्त क्षेत्र सिल गरिएको वताए ।

पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै टोखा नगरपालिकाले आरडिटी र पिसीआर परिक्षणलाई तीव्रता दिएको थियो । टोखाले हालसम्म ८०० भन्दा बढी व्यक्तिको आरडिटी गर्दा १३ व्यक्तिमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएपछि उनीहरुलाई पिसीआर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको थियो ।