थप ७ जनामा कोरोना संक्रमण पुष्टि –संक्रमितको संख्या ६ सय ८२ पुग्यो

जेठ १२, काठमाडौं – थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ६ सय ८२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थपिएका नयाँ संक्रमितहरुमध्ये अछामका १, बर्दियाका ३ जना, पर्साका १ जना, बाराका १ जना र बाराका मृतक वृद्ध गरी ७ जना रहेको बताए ।

सोमबार बिहान मात्रै ७२ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो ।

हालसम्म संक्रमण पुष्टि भएकामध्ये ४ जनाको मृत्यु भएको छ ।