लकडाउन–घरघरमा निःशुल्क खाद्यन्न डेलिभरी गर्दै सरकरी कम्पनी

 

जेठ १२, काठमाडौं – विश्वको मानव समुदाय कोरोना सक्रमणका कारण सिथिल बनेको छ । कोरोना महामारीको रोकथाम तथा नियन्त्रणका लागि अन्य देशले जस्तै नेपालले पनि देशभर लकडाउन गरेको छ । यतिवेला यातायात, कलकारखाना, उडान तथा आवतजावत वन्द प्राःय छ । सरकारले आहान गरेको लकडाउनको पालाना गर्दै नेपालीहरु घरमा वसेका वेला दैनिक उपभोग्य सामानहरु पाउन समस्या परेको छ । महगी वढेको छ । यतिबेला बिभिन्न नीजि कम्पनीहरु अनलाई डेलिवरी मार्फत उपभोक्ताहरुको घरघरमा सामानहरु पुर्याइरहेका छन् ।

सिमित वजारमा मंहगी र वेथिती वढिरहेका वेला सरकारले वजारलाई सन्तुलित वनाउने प्रयास गरेको छ । सरकारले वजार अनुगमन त गरेकै छ । यसको अलवा सरकारी स्तरबाट पनि घरघरमा खाद्यान्न सामानहरु डेलिभरीको ब्यवस्था गरेको छ । चैत २६ गतेदेखि खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडले चक्रपथ भित्र खाद्यान्न सामानको होम डेलिबरी गर्दै आएको छ । अनलाइन अर्डर र अनलाइन पेमेन्ट मार्फत भुक्तानीको ब्यबस्था सहित ग्राहकलाई लिमिटेडले सुविधा दिएको वताएको छ । लकडाउनका वेला लिमिटेडले कसरी काम गरिरहेको छ ? यस्तै जिज्ञासा ईमेल खवर डट कमले लिमिटेडका प्रवक्ता शर्मीला सुवेदीलाई राखेको छ । प्रस्तुत छ उनिसंग गरीएको कुराकानीको सम्पादित अंश –

लकडाउनको समयमा उपभोक्ताहरुको घरघरमा खाद्यन्न डेलिभरी गर्ने योजना कसरी बनाउनु भयो ?

देशब्यापी रुपमा लकडाउन लागु भएसंगै उपभोक्ताहरुलाई खाद्यन्न आपुर्तिको असहजता देखियो । हरेक क्षेत्र बन्द हुदा मानिसका लागि आवश्यक पर्ने दैनिक उपभोग्य बस्तुहरु सहज रुपमा उपलब्ध हुन छाडे । वजारमा केहि असन्तुलन पनि देखिन थाले । जस्का कारण उत्पन्न उपभोक्ताहरुको असहजतालाई महसुस गरेर हामीले अनलाइन अर्डर र अनलाइन पिमेन्टको व्यवस्था सहित होम डेलिवरीको योजना ल्याएका हौ । उपभोक्ताहरुलाई सहज होस भन्ने उदेश्यले लिमिटेडले चैत ६ गते देखि नै उपभोक्ताहरुको घरघरमा खाद्यन्न सामाग्रीहरु डेलिभरी गरिरहेका छौं ।

लिमिटेडले के के खाद्य सामाग्रीहरु उपलब्ध गराउदै आएको छ ?

अहिले हामीले दाल (रहर, मुसुरो), केराउ, सिमी, घयु, चामल, केराउ जस्ता खाद्यान्न सामाग्री उपलब्ध गराइरहेका छौं ।

डेलिभरी कसरी गर्नुहुन्छ ? डेलिभरीको चार्ज लाग्छ ?

खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेडको अथवा नेपाल फुड डट कम साइटमा गएर अनलाईनमा अर्डर गर्न सक्नुहुन्छ । पिमेन्ट गर्नु सक्नुहुन्छ । अडर गरेको २४ घण्टामा ग्रहकको स्थानमा समान पुग्छ । यसको लागि कुनै शुल्क लाग्दैन । यो सुविधा चक्रपथ भित्र मात्र छ ।

लिमिटेडले उपलव्ध गराउने दैनिक उपभोग्य खाद्य सामाग्री अति नै कम भयो । होइन र ?

हामीले शुरुवाती समयमा दाल चामललाई मात्रै प्राथमिकता दियौं । ग्राहकहरुको थप आवश्यकतालाई महसुस गर्दै हामीले अन्य सामाग्रीहरु पनि थप्दै आएका छौ । जस्तै हामीले केराउ र घिउ पछि थपिएका सामाग्रीहरु हुन् । यसलाई हामीले थप बिस्तार गर्दै लाने प्रक्रियामा छौं । आगामी दिनहरुका पक्कै पनि थप सामाग्रीहरुको समेत डेलिबरी हुने नै छ ।

लकडाउनको समयमा चोक चोकमा उपभोक्ताहरु ठगिएका छन् । कम्पनीवाट प्रर्याप्त मात्रामा खाद्य सामाग्री उपलब्ध हुन सकेको छैन । यो बेला त कम्पनीको दरिलो उपस्थिति देखिनु पर्ने नी है?

उपभोक्ताहरु ठगिए र सामान आपुर्तिका लागि समस्या भयो भनेरै हामीले यो ब्यबस्था ल्याएका हौ । कोरोना महामारीको समयमा उपभोक्ताहरुले घरबाट निस्कन नपरोस भनेर ढोका सम्म सेवा पुर्याएका छौं । यो प्रक्रियालाई मैले अघि भने जस्तै बिस्तारको क्रममा छौं । अन्य क्षेत्रको तुलनामा काठमाडौको जनघनत्व बढी भएकाले यो सुबिधा पनि यहि लक्षित गरिएको हो ।

सामान खरिदका लागि अनलाइन अर्डर र अनलाइन पेमेन्ट गर्नु पर्ने वताउनु भयो । यस्तो अभ्यास सवैमा नहोला पनि । इन्टरनेटको पहुंच नहुने ग्राहकहरुले त सुविधा लिन पाएनन् नि ?

खाद्यन्न डेलिभरी अहिले हामीले काठमाडौ चत्रपथ भित्र मात्रै गरिरहेका छौं । हामीले २ हजार देखि ५ हजार सम्मका अर्डरहरुलाई डेलिभरी गर्ने गछौं । अहिलेको समयमा काठमाडौंबासी हरेक ब्यक्तिमा इन्टनेट पहुंच हुन्छ नै भन्ने मान्यताका साथ हामी अगाडी वढेका छौ । अहिले कोरोनाको महामारी छ । हामीले सुरक्षा सर्तकता अपनाउन जरुरी भएको हुदा अनलाइन पेमेन्टको ब्यवस्था गरेका हौं । यसले गर्दा केहि सुरक्षित हुन सकिन्छ भन्ने लाग्छ हामीलाई ।

कम्पनीका सामान उपभोक्ताको घर सम्म पुर्याउदा कोरोना सक्रमणका हिसावले सुरक्षा चाहि कसरी अपनाउनु भएको छ त ?

कोरोना भाइरसबारे जोखिम न्युनीकरण गर्दै हामीले उपभोक्तालाई सुबिधा दिइरहेका छौं । सामान पुर्याउने ब्यक्तिहरुका लागि बिशेष सुरक्षा अपनाएका छौं । उनिहरुलाई माक्स, पञ्जा र सेनिटाइजरको व्यवस्था गरेका छौ । पैसा आदान प्रदान नहुने भएपछि उपभोक्तासंग शारीरिक दुरी त कायम भइ नै हाल्छ ।

दैनिक रुपमा कति अर्डर आउछन् ?

दैनिक रुपमा १५ देखि २० अर्डर आइरहेको छ ।