भरुवा बन्दुकसहित दुई जना पक्राउ

जेठ १०, काठमाडौ-   बन्दुकसहित दुई जना पक्राउ परेका छन् । धार्चे गाउँपालिका–१ नउ वनको भेडी गोठबाट भरूवा बन्दुकसहित बाबुछोरालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वासुदेव खतिवडाले जानकारी दिए ।

गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय आरुघाट गएको प्रहरीको टोलीले धार्चेको वडा नं ६ यार्साका ५० वर्षीय मनु घले र उनका छोरा २० वर्षीय नोउबहादुर घलेलाई पक्राउ गरिएको उनले बताए ।