थप ३६ जनासहित नेपालमा कोरोना सं‌क्रमितको संख्या ५८४ पुग्यो

 

जेठ १०, काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबार जानकारी दिए अनुसार बाँकेमा २७ जना, बैतडीमा ४ जना, बर्दियामा १ जना, झापामा १ जना र सुर्खेतमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।