थप २० जनामा कोरोना संक्रमण पुष्टि

जेठ ९,  काठमाडौं –थप २० जनामा कोरोना भाइरस (कोभिड१९) संक्रमण पुष्टि भएको छ ।

शुक्रवार अपराह्ण मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पीसीआर परीक्षणबाट थप व्यक्तिमा कोभिड १९ देखिएको बताए।

उनका अनुसार संक्रमित हुनेमा कैलाली जिल्लाका ३ जना, डडेलधुराका १, बैतडीका १, बाँकेका १४ र मोरङका १ जनामा कोरोना संक्रमण देखिएको बताए ।

यससंगै संक्रमितको संख्या ५०७ पुगुेको छ ।