कोरोना संक्रमित गुल्मीका शिक्षकको मृत्यु

जेठ ८, काठमाडौं – कोरोना संक्रमित गुल्मीका ४१ वर्षिय शिक्षकको बिहीबार बिहान मृत्यु भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ स्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा उनको मुत्यु भएको प्रदेश सरकारले बिज्ञप्ती मार्फत जनाएको छ ।

प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदरर्शन बरालले एक विज्ञप्ति जारी गरी उनको मृत्यु भएकोमा दुःख व्यक्त गरेका छन् ।