पोखरामा आरडिटी परीक्षणः चार जनामा पोजेटिभ

जेठ ७, काठमाडौ- पोखरा महानगरपालिकाका वडा नं ३, ८ र १९ का विभिन्न तीनवटा क्लष्टरमा महानगर कर्मचारी, स्वास्थ्यकर्मीसहित विभिन्न क्षेत्रबाट पोखरा भित्रिएका ५६ व्यक्तिको मङ्गलबार आइडिटीबाट कोरोना परीक्षण गरिएको महानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख हेमन्त पौडेलले जानकारी दिए ।

उनका अनुसार नमूना सङ्कलनका लागि उनीहरुमा आरडिटी परीक्षण गरिएकामा चार जनामा एन्टिबडि देखियो । मङ्गलबार ५६ जनाको ¥यान्डम परीक्षण गरेका थियौ, चार जनामा आरडिटी परीक्षण पोजेटिभ देखिएपछि स्वाब सङ्कलन गरेर पठाएका छौँ ।

आरडिटी पोजेटिभ देखिएकाको पिसीआर विधिबाट परीक्षण गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा थ्रोट स्वाब सङ्कलन गरी पठाइएको छ भने उनीहरुलाई छुट्टै निगरानीमा राखिएको उनको भनाइ छ । महाशाखाले आज पोखरा—२५ हेमजारमा परीक्षण सञ्चालन गरेको छ ।