गेरुवामा आगलागी

जेठ ६, काठमाडौ- बर्दियाको गेरुवा गाउँपालिकामा आज आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । गेरुवा–६ लाहुरपुर निवासी टीका सुनारको घर जलेको हो ।

आगलागीबाट रु दश लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक केदार रजौरेले जानकारी दिए । मानवीय क्षति भने नभएको बताइएको छ ।