सिरहामा पहिलो पटक भेटिए कोरोना संक्रमित, संक्रमित हुनेको संख्या पुग्यो २७३

जेठ ३, काठमाडौं – सिरहामा पहिलो पटक भेटिए संक्रमित भेटिएका छन् । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सिरहा सखुव –१९ निवासी ३० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

परीक्षणमा उनिसंगै थप पाच जनामा कोरोना पोजेटिभ देखिएको छ । संक्रमण पुष्टि भएकाहरुमा बर्दिया, नार्खु निवासी २८ वर्षीया महिला, पिर्सा वीरगन्ज १२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाही रामनगर(४ निवासी १८ वर्षीया महिला र चितवन गढौली(१ निवासी २५ वर्षीया महिला रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७३ पुगेको छ ।

संक्रमित सबै स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् ।