लकडाउन भरि सेयर बजार बन्द रहने

जेठ १, काठमाडौं – लकडाउनका भर सेयर बजार बन्द रहने भएको छ । बिहीबार बिहान बसेको नेपाल धितोपत्र बोर्ड (सेबोन) सञ्चालक समितिको बैठकले आजैदेखि सेयर कारोबार बन्द गर्न नेप्सेलाई निर्देशन दिने निर्णय गरेको छ ।

५१ दिन पछि मंगलबार खुलेको सेयर बजार फेरि बन्द भएको हो । सामान्य अवस्थामा दैनिक ५ घण्टा सेयर कारोबार हुदै आएकोमा अहिले २ घण्टाका लागि बजार खोलिएको थियो । दुबै देखि २र२ प्रतिशतका दरले बजार घटेपछि ऋणात्मक सर्किट ब्रेकरमार्फत सेयर कारोबार बन्द भएको थियो ।