टिकटक हिट ‛विस्तारै विस्तारै तिमी मेरी’

 

बैशाख २२, काठमाडौं – गायक तथा संगीतकार चिरञ्जीवि भण्डारी र मेलिना राईको स्वरमा नयाँ गित ‘बिस्तारै बिस्तारै तिमी मेरी’ यतिखेर टिकटकमा चर्चा बटुलिरहेको छ ।

लकडाउनको समयको सदुपयोग गर्दै धेरै गायक भण्डारीको गीतलाई धेरैले टिकटक बनाएका छन् ।   यो गीतमा दैनिक रुपमा टिकटक भिडियो बनाउनेहरुको संख्या थपिँदैछ ।

प्रतिमा गुरुङको शब्द रहेको सो गीतको भिडियोमा अभिनेत्री मोडल जेविका कार्की र गायक चिरञ्जीवी भण्डारीले अभिनय गरेका छन् ।
गीतमा गायक चिरन्जीवीकै संगीत रहेको छ भने भिडियोलाई भण्डारीको आफ्नै युट्युब च्यानलबाट बजारीकरण भएको छ ।

भिडियोलाई सुव्रतराज आचार्यले निर्देशन गरेका छन् भने’ उत्सव दाहालको छायांकन’ बिष्णु खड्का’को भिडियो सम्पादन रहेको छ ।