१० जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या ६९ पुग्यो

वैशाख २१, काठमाडौं-  नेपालमा थप १० जना कोरोना संक्रमित थपिएका छन् । आइतवार नयाँ थपिनेहरुमा ९ जना नेपालगञ्‍जका छन । एक जना वीरगन्जका हुन ।

आज पुष्टी भएका १० जना गरि हालसम्म कोरोना संक्रमितको संख्या ६९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले मिडिया व्रफिडमा जानकारी गराएका अनुसार नेपालगन्जमा कोरोना संक्रमण देखिएका ९ जना ७ देखि ५८ वर्ष उमेरसमूहका छन् ।