वन्यजन्तु खरिद बिक्रीमा संलग्न रहेको अभियोगमा दुई जना पक्राउ

वैशाख २१, काठमाडौ – सोलुखुम्बुमा वन्यजन्तु खरिद बिक्रीमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । शनिबार बिहान पक्राउ पर्नेहरुमा सोलुखुम्बु महाकुलुङ गाउँपालिकाका ३५ वर्षीय रमेश राई र संखुवासभा घर भएका ४७ वर्षीय बिष्णु राई रहेको प्रहरीले जनाएको छ ।

करिब ४ वर्ष पहिले कस्तुरीको बिना ५० हजार रुपैयाँमा खरिद गरी ७० हजार रुपैयाँमा बिक्री गरेको घटनाको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय नाम्चेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुलाई सगरमाथा राष्ट्रिय निकुञ्जमा बुझाइने जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।