कश्मिरमा भिडन्त : सेनाका कर्णेल र मेजरसहित पाँच सुरक्षाकर्मीको मृत्यु

बैशाख २१, एजेन्सी – उत्तरी कश्मिरको हन्दवाडामा आतंकवादी समूहसँग शनिबार साँझदेखि भएको भिडन्तमा सेनाको २१ राष्ट्रिय राइफल्सका कमान्डिङ अफिसर आशुतोष शर्मासमेत पाँच जना सुरक्षाकर्मीको निधन भएको छ ।

मुठभेडमा सेनाको गोली लागेर दुई जना आतंकवादीको पनि मृत्यु भएको छ ।। हन्दवडाको छाँजीमुल्लाहमा शनिबार दिउँसो ३ः३० बजेदेखि दोहोरो भिडन्त सुरु भएको थियो । मारिनेमा कर्णेल आशुतोषको साथै मेजर अनुज, एक लान्स नायक र एक राइफलम्यान रहेका छन् ।

त्यस्तै, प्रहरीका सब–इन्सपेक्टर सकिल काजीले पनि घटनामा ज्यान गुमाएका छन् । सुरक्षाबलले बन्धक बनाइएका घरका सदस्यहरुको उद्धार गरेका छन् ।