रुपन्देही र बाँकेका भेटिए एक –एक जना कोरोना संक्रमित

बैशाख १९, काठमाडौं – नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५९ पुगेको छ ।

शुक्रबार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

रुपेन्देहीका युवाको भैरहवास्थित क्षेत्रीय प्रयोगशालामा र बाँकेका ५० वर्षीय पुरुषको नेपालगन्जस्थित भेरी अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना संक्रमण देखिएको हो ।

हालसम्म कोरोना संक्रमण पुष्टि भएकामध्ये १६ जना निको भएर घर फर्किइसकेका छन् ।