शिक्षाविद् भन्छन ‘१० कक्षाको परीक्षा लिइरहनु पर्ने आवश्यकता छैन ।’

बैशाख १९, काठमाडौं – एसइई परीक्षालाई जिबनको आइरन गेटको रुपमा लिने गरिन्छ । यहि परिक्षाले भबिष्यको मार्गदर्शन समेत देखाउने भएकाले पनि एसइई लाई खास मानिन्छ । तर यतिबेला बिश्वभरि फैलिरहेको कोभिड १९ भाइरस नेपालमा एसइई लागि तगारो बनेको छ ।

कोरोना नियन्त्रणका लागि चैत ६ गतेबाट शुरु हुने भनिएको परीक्षा अनिश्चितकालसम्म स्थिगित गरियो । सरकारले परीक्षाको अघिल्लो दिन स्थिगित गर्ने निर्णय घोषण गर्यो । स्थिगित भएको दुई महिना पुग्न लाग्दा पनि परीक्षाको नयाँ मिति सार्वजनिक भएको छैन । यो संगै परीक्षाको तयारी गरिरहेका ४ लाख ८२ हजार २ सय १९ बिद्यार्थी प्रभावित बनेका छन् ।

काठमाडौको एक बोडिङमा अध्ययनरत उत्सव कोइराला भोलिपल्ट हुने परिक्षाको पुर्ण रुपमा तयारी गरिरहेका थिए । परीक्षालाई लिएर उनको मनमा डरसंगै उत्सुकता थपिएको थियो । तर जब सरकारले अनिश्चित समय सम्म परीक्षा  स्थिगित गरेको जानकारी पाए उनि निराश भए । बिद्यालयबाट यो समयमा कोरोनाबाट बच्नु नै ठुलो कुरा भनेपछि उनले चित्त बुझाए ।

एकातिर परीक्षा स्थिगित, अर्को्तिर कोरोना कहर । यसैका कारण केहि समय उनि पढाइबाट टाढा रहे । अहिले भने उनि अनलाइन कक्षा मार्फत बिद्यालयसंग जोडिएका छन् । उनले अहिले २ घण्टा अनलाइनबाट अध्ययन गरिरहेका छन् । प्राबिधिक कारणले अनलाइनमा अध्ययन गर्न सहज नभएको उनि बताउछन् । उनि भन्छन् ‘कहिले लाइन जान्छ, कहिले नेटले काम गर्दैन, त्यसकारण अनलाइन मार्फत पढ्न सहज छैन ’।

अनलाइनमार्फत अध्ययन गरेपनि उनको मनमा बेचैनी झन बढ्न थालेको छ । परीक्षालाई लिएर क्रास बढेको बताउछन् उनि भन्छन् ‘परीक्षाको अन्योलले गर्दा तनाव थपिएको छ, यसले गर्दा तयारीमा पनि समस्या हुने गर्दछ । ’

त्यस्तै एसइइको तयारीमा रहेका बानेश्वर लोयला सेकेन्डरी स्कुलका शिर्षक भट्टराईका लागि यतिबेला परिक्षा बोझिलो बनेको छ । परीक्षाको तयारी भने उनले गरीरहेका छन् । परीक्षा हुने मिति निश्चित नभएकाले अलमलमा छन् उनि पनि । ‘परीक्षाको तयारी त गरिरहेको छु ,उनि भन्छन् ‘परिक्षाको मिति सार्वजनिक भए ढुक्क हुने थियो । ’ परिक्षा चाडो हुन सके बिद्यार्थीहरुलाई सहज हुने उनको भनाई छ ।

शिक्षाविद् बिद्याानाथ कोइरालाको मत

शिक्षाविद् बिद्याानाथ कोइरालाले यस्तो बिषम परिस्थितमा परीक्षा गराउनु पर्ने आवश्यकता नरहेको बताउछन् । उनि भन्छन् ‘ एसइई भनेको १० कक्षा हो माध्यमिक तह भनेको १२ कक्षा हो, त्यसकारण १० कक्षाको परीक्षा लिइरहनु पर्ने आवश्यकता छैन । ’ सरकारमार्फत परम्परा धान्ने सोचाईले शिक्षा प्रणालीमा असर गरेको बताउछन् उनि । कोइरालाका अनुसार अहिलेको समयमा बिद्यालयको परिक्षाको नम्बर जोडेर  परिक्षाको नतिजा निकाल्न सकिन्छ ।  त्यस्तै प्रबिधिको बिकाससंगै अनलाइनबाट परिक्षा लिन पनि सकिने उनको तर्क छ । परिक्षाको परिक्षाको नतिजा निकाल्न सकिन्छ ।

तर्क विर्तकमा अल्झिएको सरकारी संयन्त्र

अहिलेको अवस्थामा एसइइ परीक्षा कहिले र कसरी गराउने भन्ने बिषयमा छलफल भइरहेको बताउछन् राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेल । उनका अनुसार आफ्नो नेतृत्वमा रहेको कार्यदलले एसइइ जेठ अन्तिम सातामा गर्न शिक्ष्ँँ बिज्ञान तथा प्रबिधिमन्त्री गिरिराज पौडेलललाई सिफारिस गरेको छ । होम सेन्टर, अनलाइनबाट परिक्षा गराउने र नतिजा प्रकाशन गर्ने कुरा उठे पनि तत्काल सम्भव नहुने बताउछन् उनि ।

होम सेन्टरमा परिक्षा गराउदा सुरक्षा अपनाउन समस्या रहेको उनको भनाई छ । उनि भन्छन् ‘होम सेन्टर मार्फत परिक्षा गराउदा ११ हजार बिद्यालयबाट परिक्षा लिनु पर्दछ, यसका लागि पर्याप्त मात्रामा सुरक्षाकर्मीको पनि अभाव हुन्छ । ’ उनका अनुसार सुरक्षाकर्मी अभाव हुने हुदा प्रश्नपत्र आउट हुने सम्भावना साथै जोखिम पनि त्यत्तिकै हुन्छ ।