राप्रपा अध्यक्ष राणा भन्छन् ‘कृषिका लागि प्याकेज ल्याउन ल्याउनु पर्दछ । ’

बैशाख १९, काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले लकडाउन खुलेपछि १० लाख युवा स्वदेश फर्किने प्रक्षेपण भएकाले तत्काल कृषिका लागि प्याकेज ल्याउन माग गरेका छन्।सामाजिक सञ्जाल ट्विटरमा राणाले कृषिमा जोड दिँदै आपतकालीन प्याकेज सरकारले तत्काल लागू गर्नुपर्ने बताएका हुन्।

‘बन्दाबन्दी खुलेलगत्तै रोजगारी गुमाएर १० लाख युवा नेपाल फर्किने प्रक्षेपण छ,’ राणाले लेखेका छन्,‘महामारी नभनी सत्ता र लुटको फोहरी खेलमा रमाइरहे स्थिति भयावह बन्नेछ। किनकी युवाहरूले मेरो सरकार कहाँ छ भनेर सोधीखोजी गर्नेछन्।’