बलिउड अभिनेता ऋषि कपूरको निधन

बैशाख १८, एजेन्सी – बलिउडका चर्चित अभिनेता ऋषि कपूरको निधन भएको छ ।

स्वास्थ्यमा समस्या आएपछि बुधबार मुम्बईस्थित सर एचएन रिलायन्स अस्पताल भर्ना भएका थिए । अभिनेता अमिताभ बच्चनले ट्वीटरमा लेख्दै उनको मुत्युको पुष्टि गरेका छन् ।  उनले ट्वीटरमा लेखेका छन्, ‘उनी गए.. ऋषि कपूर… गए..अहिले भर्खर बिते…म विक्षिप्त भएको छु ।’

बुधबार मात्रै बलिउडले अर्का कलाकार इरफान खानको मुत्यु भएको थियो ।

यसरी लेखेका छन्  अमिताभ बच्चनले