बलिउड अभिनेता इरफान खानको निधन

बैशाख १७, एजेन्सी – बलिउड अभिनेता इरफान खानको निधन भएको छ । उनको ५४ वर्षको उमेरमा निधन भएको बताइएको छ ।

भारतको मुम्बइस्थित कोकिला बेन धिरुभाइ अम्बानी अस्पतालमा बुधबार बिहान उनको निधन भएको हो । खान दुई वर्षदेखि क्यान्सरबाट समेत पीडित थिए । उनको निधनप्रति बलिउडकर्मीहरुले दुख व्यक्त गरेका छन् ।

थिएटरबाट फिल्ममा आएका खानले ‘लन्च बक्स’, ‘तलबार’ जस्ता अत्याधिक सफल फिल्ममा अभिनय गरिसकेका थिए । पछिल्लो समय ‘इंग्लिस मिडियम’ फिल्ममा पनि उनको अभिनय छ ।

खानले ‘लाइफ अफ पाइ’, ‘स्लमडग मिलिनियर्स’, ‘जुरासिक वल्र्ड’ जस्ता अन्तर्रा्ष्ट्रिय स्तरमा अत्याधिक सफल फिल्ममा समेत अभिनय गरिसकेका थिए ।