जनप्रतिनिधिको सेवासुविधा कोषमा जम्मा गरिने

बैशाख १७, काभ्रे – नमोबुद्ध नगरपालिकाका जनप्रतिनिधिद्वारा एक महिनाको पारिश्रमिक तथा सेवासुविधा कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने भएका छन् । वाग्मती प्रदेशको नयाँ व्यवस्थाअनुसार प्राप्त हुने पारिश्रमिक तथा सुवासुविधाको रकम नगरका सम्पूर्ण जनप्रतिनिधिले कोषमा जम्मा गर्ने निर्णय भएको हो ।

नगरप्रमुख टङ्कप्रसाद तिमल्सिनाले एक महिनामा जनप्रतिनिधिले पाउने सम्पूर्ण रकम कोषमा जम्मा गर्ने निर्णय भएको बताए । नगरमा ६० जनप्रतिनिधि छन् ।

नगरले हाल आफ्ना क्षेत्रमा रहेका विपन्न परिवारलाई राहत वितरणसँगै दीर्घरोगीलाई घरमै निःशुल्क औषधि पु¥याइरहेको छ । लकडाउनका कारण स्थानीय दीर्घरोगीलाई औषधि उपलब्ध गराउन नसक्ने भएपछि नगरले उनीहरुको घरमै औषधि पु¥याउन थालेको हो ।
नियमित औषधि सेवन गर्दै आएका दीर्घरोगीको स्वास्थ्य अवस्था थप नबिग्रियोस् भन्ने उद्देश्यले चिकित्सकले दिएको ‘प्रेस्क्रिप्सन’ का आधारमा दीर्घरोगीको घरमै औषधि पु¥याउन थालिएको नगरप्रमुख तिमल्सिनाले जानकारी दिए ।

यस्तै रोशी गाउँपालिकाका जनप्रतिनिधिले पनि एक महिनामा आउने सेवासुविधाको रकम कोरोना भाइरस रोकथाम तथा नियन्त्रण कोषमा जम्मा गर्ने निर्णय गरेको छ । गाउँपालिकाको ४२ जनप्रतिनिधिलाई एक महिनामा सेवासुविधावापत आउने रु सात लाख ५१ हजार कोषमा जम्मा गर्ने निर्णय गरिएको प्रमुख प्रशासकीय अधिकृत डमरु दाहालले जानकारी दिए ।

उनले केन्द्र सरकारको निर्णयअनुसार कर्मचारीको पारिश्रमिक कट्टा गरी रु एक लाख ८८ हजार १२० कोषमा जम्मा भइसकेको बताए ।

रासस